काठमाडौँ: संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बिहीबार अपराह्न ४ बजे बसेको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । त्यसपछि सभामा स्वर्गीय सांसद नेम्वाङको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

शोक प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले उनको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताएका छन् । सभामा सांसदहरु भावुक मुद्रामा उपस्थित भएका थिए ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । ७१ वर्षको उमेर यही भदौ २६ गते हृदयघातबाट नेम्वाङको निधन भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version