काठमाडौँ: नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीबार मध्याह्न अन्त्येष्टि गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुगेका थिए।

यसअघि नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।

नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version