काठमाडौँ: नेपाल राष्ट्र बैंकले दैनिक ल्याउन पाउने सुनको कोटा बढाएको छ । यसअघि दैनिक दश किलो मात्रै ल्याउन पाउनेमा त्यसलाई बढाएर २० केजी पुर्‍याइएको हो ।

निधारित सीमाका परिमाणमा नबढ्न गरी आयात गर्न सकिन मूल्यका दृष्टिकोणले मितव्यया तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरुपको मितव्ययी परिमाणमा एकमुष्टरूपमा समेत सुन आयात गर्न सकिने बैंकले जनाएको छ ।

तर, यस्तो एकमुष्टरूपमा आयात गर्दा आगामी दिनको लागि अग्रिमरूपमा आयात गर्न र व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न नपाइने पनि बैंकले स्पष्ट पारेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version