काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले हिँडेरै इन्द्रजात्रामा जाने भएका छन्। सुरक्षा ‘थ्रेट’ नहुने भन्दै हिँडेरै सर्वसाधारणसँगै इन्द्रजात्रामा सहभागी हुन जाने उनको तयारी छ।

अत्याधिक भीडभाड हुने स्थानमा गाडी लैजान उपयुक्त नहुने भन्दै हिँडेरै जात्रामा सहभागी हुने तयारी गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार राष्ट्रपतिलाई सुरक्षा चुनौती हुने भन्दै नेपाली सेनाले भने विशेष सुरक्षासहित गाडीमै वसन्तपुर जानु उपयुक्त हुने बताएको छ।

राष्ट्रपति पौडेलले आफू सर्वसाधारणसँगै हिँडेर त्यहाँसम्म पुग्ने र राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने अडान राखेका छन्।

राष्ट्रपति पौडेलले आज इन्द्रजात्राको अवलोकन गर्दैछन्।

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि अमेरिका, जापानलगायतका देशका २० महानगरका प्रमुख र उपप्रमुखसहितका पाहुनाहरु काठमाडौं आएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version