दोलखा: दोलखाको लामाबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ। बिगु गाउँपालिका–१ लामाबगरबाट आइतबार दिउँसो ४ किलो सुन बरामद गरिएको दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक खड्काले जानकारी दिए।

उनका अनुसार उक्त सुन बारीमा ढुंगाले थिचेर राखिएको अवस्थामा फेला परेको थियो।

‘बिगु गाउँपालिका–१ लामाबगरस्थित बारीमा ढुंगाले थिचेर राखिएको अवस्थामा ४ केजी सुन बरामद गरिएको छ,’ खड्काले भने, ‘सुन तस्करी गरेर ल्याउने मान्छेको बारेमा अनुसन्धान भइरहेको छ।’

यो सँगै पछिल्लो ५ दिनमा सोही नाकाबाट ११ किलो सुन बरामद भएको खड्काले जानकारी दिए। सुन तस्करीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको छ।

यसअघि बुधबार ३ र शुक्रबार ४ किलो सुन प्रहरीले बरामद गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version