काठमाडौँ: अन्ततः ७ दिनपछि इजरायलमा जीवन मरणको दोशाँधमा रहेका २५३ जना नेपाली विद्यार्थी उद्धार भएर अहिले नेपाल एयरलायन्सको वाइडबडी जहाजबाट नेपालका लागि उडेको छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो ।

उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन् । इजरायल र गाजाबीचको युद्धका कारण कृषि क्षेत्रमा इन्टर गर्न पुगेका विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् ।

उक्त विमान आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेपाली विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री साउँदलाई इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version