काठमाडौं: इजरायलमा गत हप्ता भएको प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका दशमध्ये पाँच नेपालीको शव दूतावासलाई प्राप्त भएको छ। नेपाली दूतावास तेल अबिबले शव प्राप्त भएको र चाँडै नेपाल पठाइने जनाएको छ।

दूतावासका अनुसार मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेश राज विष्ट र आशीष चौधरीको शव प्राप्त भएको छ।

अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमा जनाएको छ। घटनामा घाइते भएका चारमध्ये दुईको अस्पतालबाट डिस्चार्ज भएको र एक जना नेपाल फर्किएको पनि विज्ञप्तिमा जनाइएको छ। घाइते दूतावासकै हेरचाहमा रहेको र दुई जना उपचाररत रहेका छन्।

सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version