काठमाडौँ: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि मंगलबारदेखि खसी–बोका र च्याङ्ग्रा बिक्री सुरू गरेको छ।

कम्पनीले जिउँदो खसी-बोका प्रतिकिलो ६ सय ७० रुपैयाँमा बेच्न थालेको हो। त्यस्तै च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ।

कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसी-बोका तथा च्याङ्ग्रा बिक्री सुरू गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसी-बोका तथा रसुवाबाट च्यांङ्ग्रा ल्याएको छ। ती चौपाया सोमबार मात्रै काठमाडौं ल्याइएको हो।

कम्पनीले उपभोक्ता मूल्यमा हुन सक्ने असन्तुलन रोक्न सानो संख्यामा भए पनि खसी-बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ।

यस वर्षको दसैंमा दुई हजार खसी बोका तथा एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीको तयारी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version