काठमाडौं: यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे ।

टस हारेर ब्याटिङ गरेकव यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version