बझाङ: सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ।

गएराति १० बजेर ३ मिनेटमा बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो।

बझाङ केन्द्रबिन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गइसकेको छ। लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन्।

बझाङ केन्द्रबिन्दु भएर गत असोज १६ गते गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एकजनाको मृत्यु हुनाका साथै ३० जनाभन्दा धेरै घाइते भएका थिए। भूकम्पले धेरै भौतिक संरचना पनि क्षतिग्रस्त बनेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version