काठमाडौँ: चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ।

वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार श्रेष्ठलाई गएराति १२ बजे हृदयाघात भएको हो।

श्रेष्ठले छात्ती दुख्यो भनेपछि राति नै उनलाई बेइजिङस्थित इन्टरनेशनल मेडिकल साइन्सेज हस्पिटल भर्ना गरिएको छ। उपचारमा संलग्न चिकित्सकले श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको बताएका छन्।

राति नै तुरुन्तै उनको मुटुको एन्जीओप्लास्टी गरिएपछि उनको अवस्था अहिले स्थित रहेको श्रेष्ठको सचिवालयले जनाएको छ। उनलाई २४ घण्टासम्म अस्पतालमै अब्जर्भेसनमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

आइसीयूमा राखेर उनको उपचार चलिरहेको छ। चिकित्सकका अनुसार श्रेष्ठ खतरामुक्त्त छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version