काठमाडौँ: नेपाल राष्ट्र बैंकले आधा दर्जन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा राष्ट्र बैंक सुपरिवेक्षण विभागको निर्देशन उल्लंघन गर्ने ६ वाणिज्य बैंक कारबाहीमा परेका हुन्।

राष्ट्र बैंकले हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नबिल बैंक, एनआइसी एशिया र सिटिजन बैंकलाई फरक शिर्षक उल्लंघन गरेको जनाएको छ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गर्दा ७० लाख जरिवाना गरेको छ। त्यसैगरी हिमालय बैंकलाई कर्जा परिचालन कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार जरिवाना गरेको छ।

एनआइसी एशिया, एनएमबी बैंक, नबिल र सिटिजन बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दा बैकहरूका संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। नबिल बैंकले राष्ट्र बैंकको निर्देशन बिपरित ब्याजदर बढाएको, एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा बदमाशी गरेको, सिटिजन बैंकले कर्जा नोक्सानी ब्यवस्था नगरेको पाइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version