काठमाडौँ : सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पाँचौँ विकेट लिएको छ ।

सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् ।

जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट हो । जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version