काठमाडौं: टी–२० विश्वकपमा बहराइनलाई हराउँदै ओमान विश्वकपमा छनोट भएको छ । कीर्तिपुर मैदानमा बहराइनले दिएको १०७ रनको चुनौती भेटाउँदै विश्वकपमा छनोट भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओमानले बिना विकेट ३५ बल बाँकी रहँदै सहज जित निकाल्यो ।

ओमानका लागि कश्यप प्रजापतीले अविजित ५७ रन बनाए । प्रतिक अथाभाले ४८ रनमा अविजित रहे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version