काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड बिहानै जाजरकोटका लागि प्रस्थान गरेका हुन् ।

‘तत्कालै उद्धार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री नेपाली सेनको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रका लागि उड्नुभएको छ’, उनले भने।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ।

अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरेर कम्तीमा पनि ७० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

दुई जिल्लामा गरेर सयौँ घाइते भएका छन्। मध्यराति भूकम्प गएका कारण धेरै मानवीय क्षति भएको हो।

गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version