काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार (आज) भूकम्प प्रभावित जिल्ला जाने भएका छन्।
राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम जान लागेका हुन्।
गत शुक्रबार राति जाजरकोट केन्द्र भएर भूकम्प जाँदा जनधनको क्षति भएको थियो।
राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि हुने युरोप भ्रमण पनि स्थगित गरेका थिए।
Facebook Comments Box

