काठमाडौँ: सरकारले बारामा अवस्थित बहुचर्चित निजगढ विमानस्थल अगाडि बढाउने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निजगढ विमानस्थल निर्माणका लागि प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्ले स्वीकृत दिएको बताए।
‘मन्त्रिपरिषद्ले निजगढ विमानस्थल अगाडि बढाउने निर्णय गरेको छ,’ उनले भने, ‘विज्ञले बुझाएको प्रतिवेदन स्वीकृत गरि आवश्यक कारबाही अगाडि बढाउन मन्त्रिपरिषद्बाट पर्यटन मान्त्रालयलाई निर्देशन भयो।’
२०७९ मा सर्वोच्च अदालतले निजगढ विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदनमा प्रश्न उठाउँदै विमानस्थल निर्माणका सबै प्रक्रिया खारेज गरिदिएको थियो। सर्वोच्चले सरकारको निर्णय खारेजसँगै विमानस्थल आवश्यक छ-छैन भन्ने विषयमा विवाद थियो।
त्यसपछि सरकारले अध्ययन समिति बनाएको थियो। अध्ययन समितिले विमानस्थल आवश्यक रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।

