काठमाडौँ: यस वर्ष तिहारमा काठमाडौँ महानगरपालिकाभित्र सुरक्षित रूपमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ।

महानगरका मेयर बालेन्द्र शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका हुन्।

‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौँ महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो’, मेयर शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो वर्ष काठमाडौँ महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ’, सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version