काठमाडौं: नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा महँगी ७.५ प्रतिशतले बढेको छ ।

गत वर्ष सोही महिनामा महँगी ८.५ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा खाद्य तथा पेय पदार्थको मूल्य ८.३८ प्रतिशतले र गैरखाद्य पदार्थको मूल्य ६. ८१ प्रतिशतले बढेको छ ।

खाद्य पदार्थ अन्तर्गत सवैभन्दा धेरै मरमसलाको मूल्य ३७.६३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै चिनी तथा चिनीजन्य बस्तुको मूल्य १८.२२ प्रतिशत फलफूलको मूल्य १४. ०२ प्रतिशत दुग्ध पदार्थको मूल्य ११. ९२ प्रतिशतले बढेको राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समीक्षा महिनामा घ्यू तेलको मूल्य ११. ६१ प्रतिशतले घटेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version