काठमाडौँ: विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रको वित्तीय तथा सञ्चालन प्रणाल सुधार गर्न ऋण स्वीकृत गरेको छ । बैंकले नेपालमा दीगो ऊर्जा प्रणाली विकास गर्न ऋण दिएको हो।

विश्व बैंकले १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको नेपाल स्थित विश्व बैंक कार्यालयद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

‘नेपाल इनर्जी सेक्ट डेभपलमेन्ट पोलिसी क्रेडिटअन्तर्गत प्राप्त हुने ऋण ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधारमा प्रयोग हुनेछ।

यसअन्तर्गत नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार, नियामकीय दायरा विस्तार गर्न, स्वायत्त निकायका रुपमा अघि बढाउन सहयोग गर्ने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फरिस हडाड जर्भसले यो ऋण सुविधाले नेपालको ऊर्जा क्षेत्रको पुनर्संरचना गर्ने, बजारको सुधार, सुशासन तथा विद्युतसँग सम्बन्धित संस्थाका क्षमता सुधारमा खर्च हुने बताएका छन्।

विश्व बैंकले अहिले नेपालका २२ आयोजनामा लगानी गरिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version