काठमाडौँ:
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ७ गते हुने भनिएको प्रदर्शनले काठमाडौं फोहोर मात्रै हुने दाबी गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादी शक्तिहरू देशभरीबाट जोडतोडले लागेको बताए।

‘७ गते म सुन्दैछु, एउटा कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू देशभरीबाट जोडतोडले लागेका छन्। मानिसहरू काठमाडौंमा मानिसहरू उतार्न। ती मानिसहरू आएर कुनै केही हुने होइन, तीनले काठमाडौं फोहोर गर्ने मात्रै हो,’ ओलीले भने।

मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका अभियन्ताले काठमाडौंमा विशाल प्रदर्शन गर्ने भन्दै प्रचार गरिरहेका छन्। ओलीले सोही प्रदर्शनलाई लक्षित गर्दै सो कुरा बताएका हुन्।

उनले आफ्नो पार्टीको संगठनले पनि सोही दिन प्रदर्शन गर्न लागेको जानकारी गराउँदै त्यसको स्वामित्व एमालेले लिने बताए। ‘हामी मान्छे उतारेर होइन, यहाँ भएका युवा विद्यार्थी र पृष्ठभागमा अन्य शक्तिहरू पनि छन् भनेर म सरकार र दक्षिणपन्थी शक्तिहरूलाई भन्न चाहन्छु,’ उनले भने।

उनले एमाले हतियार र हिंसाको राजनीति नगर्ने संकेत मात्रै गर्न खोजेको बताए।

‘हामीले थोरै संकेत मात्र गर्न खोजेका हौं। अहिले यो संकेत नेकपा एमाले हामीले हतियारको राजनीति गर्दैनौं, हिंसाको राजनीति गर्दैनौं। शान्तिपूर्ण राजनीति भनेको प्रदर्शन हो,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version