काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा भीम प्रसाद गौतम नियुक्त भएका छन्।

ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधबार ३ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा इप्पानमा स्वागत गर्दै गौतमको कार्यकालमा इप्पानले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे।

इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाई दिन आफूले सतप्रतिशत योगदान दिने बताए।

काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन्।

देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरू आवद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरुको साझा संस्था हो।

इप्पानमा आवद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत उत्पादन हुनुका साथै ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरू निर्माणाधिन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरू निर्माणमा जाने तयारीमा छन्।

क्षेत्रगत लगानीका हिसबाले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रूपैयाँ लगानी भइसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version