काठमाडौँ: एसीसी यू-१९ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपालले हार व्यहोरेको छ।

जम्सिद जड्रानको शतकमा एसीसी अफगानिस्तानले जितका लागि दिएको २ सय ६२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ७३ रनले पराजित भएको हो।

लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्रै जीवित छ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ।

नेपालमाथिको जितले अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना भने जिवितै छ। अफगानिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो। अफगानिस्तानले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग भिड्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version