काठमाडौँ: पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला (सोमबार बिहान) पहाडी भेगमा आंशिक बदली भएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महााशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको २६ देखि ५० प्रतिशत आकाश बादलले ढाक्नु हो भने सामान्यतया सफा भनेको आकाशमा बादल एकदमै कम हुनु हो।

महाशाखाका अनुसार आज दिउँसो पनि पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version