प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको थियो ।

महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमासमेत पूर्णतया रोक लगाएको छ ।

महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले यसअघि काठमाडौं महानगर भित्र यस्ता वस्तुको बिक्री वितरण भएको पाइएमा महानगर प्रहरीले जफत गर्ने र व्यापारीमाथि अधिकतम कारबाही समेत हुने बताएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version