काठमाडौं: प्रहरीले अध्यागमनका अधिकृत नरविन खड्कालाई पक्राउ गरेको छ। भिजिट भिसामा नक्कली कागजपत्र बनाएर नेपाली नागरिकलाई विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएपछि काठमाडौं उपत्यका अपराध अनुसाधान कार्यलयको टोलीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै, प्रहरीले नेपाल वायु सेवा निगमका दुई कर्मचारीलाई पनि यो गिरोहमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको छ। आज पक्राउ पर्नेमा अर्बिन यादव छन् भने हिजो नै प्रहरीले होमनाथ पोखरेललाई पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार अध्यागमन र वायु सेवा निगमका कर्मचारीहरुले नक्कली कागजपत्र भएको थाहापाउँदा पाउँदै सेटिङमा नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउने गरेको पाइएको छ।

प्रहरीले विभिन्न कन्सल्टेन्सीका ६ जना संचालकलाई पनि पक्राउ गरेको छ। उनीहरुले पनि नक्कली कागजपत्र बनाएर नेपालीलाई भिजिट भिसामा विदेश पठाउन भूमिका खेलेको प्रहरी अनुसन्धानमा खुलेको छ। पक्राउ गरेका कन्सल्टेन्सी संचालकहरुमा मनोराज चौधरी, रामप्रसाद भण्डारी, सरोज यादव, दिनेश ज्ञवाली, देवराज खनाल र गणेश पाण्डे छन्।

प्रहरीले असोज १९ गतेदेखि भिजिट भिसामा विदेश पठाउने गिरोहविरुद्ध अपरेसन सुरु गरेको थियो। जसमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन्। सो मुद्दामा ८ जना धरौटीमा रिहा भइसकेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version