काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ ।

यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि पेशी तोकिएको हो ।

बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाँणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश प्रकाश खरेलले भने फरक राय दिएका थिए ।

न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए । राझ बाझिएपछि सोही इजलासले खाणको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश दिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version