काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेर घट्न थालेको सुनको मूल्य फेरि उकालो लागेको छ ।

आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधबार मात्रै मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ ।

हिजो तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो । आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version