काठमाडौँ:
आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको हो।

‘आधिकारिक न्यूनतम तापक्रमचाहिँ अहिले ८:४५ बजे आउँछ’, उनले भने। तर अहिलेको भन्दा धेरै तलमाथि हुँदैन।

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।

उनका अनुसार यतिबेला (शनिबार बिहान) काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको छ। तर घाम लागेसँगै यो बिस्तारै हटेर जाने उनले बताए।

‘अहिले यहाँको पारदर्शिता (भिजिबिलिटी) ४ किलोमिटर छ’, मौसमविद् लामिछानेले भने। यत्तिको पारदर्शिताले सडक वा हवाई यातायातमा कुनै असर पार्दैन।

यस्तै हाल उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ। आंशिक बदली भनेको २६ देखि ५० प्रतिशत आकाशमा बादल रहनु हो। अर्थात् आकाशमा बादल पनि देखिने र घाम पनि लाग्ने अवस्था हो।

‘आज दिनभर लगभग काठमाडौँ उपत्यकाको मौसम यस्तै रहने अनुमान गरिएको छ’, मौसमविद् लामिछानेले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version