काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ।

आइतबार बिहान सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा कांग्रेस सचेतक रमेश लेखक पनि सहभागी छन्।

प्रधानमन्त्रीसहित शीर्ष ने‍ताहरूबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न संसदमा विधेयक रहे पनि दलहरूबीच सहमति नहुँदा उक्त विधेयक अघि बढ्न सकेको छैन।

विधे‍यकमा सहमति जुटाउन ११ सदस्यीय समिति बनाइए पनि मुख्य विषयमा उक्त समितिले सहमति नै जुटाउन सकेको थिएन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version