काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।

हिजोदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए।

महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेस: मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा रहेको शर्माले सुनाएका थिए।

वर्तमान सरकारमा कांग्रेसका ९ मन्त्री छन्। केन्द्रीय समिति बैठक मन्त्रीहरूको ब्रिफिङबाट कार्यसूचीमा प्रवेश गरेको थियो।

हिजो केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए। समयअभावका कारण अन्य मन्त्रीले धारणा राख्न पाएनन्।

बाँकी रहेका ७ मन्त्रीहरूले आजको बैठकमा धारणा राख्नेछन्।

उपप्रधानमन्त्री एवम् कानुनमन्त्री धनराज गुरूङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपि साउद, उद्योग मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरूङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिका मन्त्री सुरेन्द्रराज आचार्यले धारणा राख्नेछन्।

सरकारमा रहेका मन्त्रीका कामकारबाहीबारे समीक्षा गरिने भएकाले कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version