काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गरेका छन्।

उहाँले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे ।

सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेर मात्र निर्माण अगाडि बढाउन सरकारसित माग गर्दै हचुवाका आधारमा रुख कटानी गर्नुहुँदैन भने। सांसद राजेन्द्रकुमार केसी र यज्ञराज सुनुवारले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकलाई समान निवृत्तिभरणको व्यवस्थाको पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेश बस्नेतले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याराको पहिचान गरी कारवाहीको दायरामा ल्याउन सरकारले उच्च प्राथमिकता दिएको बताए ।

सांसद डिला सङ्ग्रौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभयो । सांसद नवराज रावतले कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अलपत्र परेका हुँदा निर्माण सम्पन्न गराउनका लागि थप बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रदीप यादवले संविधान संशोधन गरी सबैको अपनत्व गराउनका लागि ध्यान दिन ढिलाइ गर्न नहुने बताउनुभयो । सांसद राजेन्द्र लिङ्देनले संविधान संशोधनको बहानामा विखण्डन गर्ने कार्य स्वीकार्य नहुने बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन आग्रह गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version