काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज (शुक्रबार) इच्छुक उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ।
यसपछि भोलि पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका छ।
राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म चुनाव हुँदै छ।
त्यसका लागि गत सोमबार सातै प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका छन्।
मतदानका लागि सा प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र तोकिएका छन्।
निर्वाचनबाट प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्य चयन हुनेछन्।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। तीमध्ये १९ जना चुन्न आगामी माघ ११ गते निर्वाचन गर्न लागिएको हो। एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

