काठमाडौँ । थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । कार दुर्घटनामा गम्भीर घाइते भएकी स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनमा मृत्यु हुने अन्य ४ जनाको पहिचान खुलेको छ ।

घटनास्थलमै मृत्यु हुनेहरुमा काठमाडौँ महानगरपालिका ३० का ओमकार निधि तिवारी, सोही ठाउँ बस्ने ६४ वर्षीय कल्पना तिवारी, कार चालक काठमाडौँ महानगरपालिका २ लाजिम्पाटका डा.महेशकुमार गौतम, सोही ठाउँ बस्ने ४ वर्षीय प्रियान्स गौतम रहेका छन् । सोही गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

शनिवार काठमाडौँको चन्दागिरी नगरपालिका ४ पानिघाटभन्दा माथि सेतो पहरा भन्ने स्थानमा काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ दुर्घटना भएको थियो । कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक ४ जनाकाे शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन्

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version