काठमाडौं: बुधबार सुन तोलामा १ हजार २ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको छ। सुन प्रति तोला १ लाख १८ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनका तुलनामा एक सय घट्दा मंगलबार सुन प्रति तोला १ लाख १९ हजार ४ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा तोलामा ६ सय बढ्दा आइतबार तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ भएको थियो। त्यसमा ३ सयको बढोत्तरीले सोमबार १ लाख १९ हजार ५ सय पुगेको थियो।

चाँदी तोलाको १४ सय रुपैयाँ भएको छ। दुई दिनको स्थिरतापछि ५ रुपैयाँ घटेर मंगलबार तोलाको १४ सय १५ रुपैयाँ थियो। गत बुधबार र बिहीबार १४ सय १० रुपैयाँमा स्थिर थियो भने शुक्रबार १० रुपैयाँ घटेर तोलाको १४ सय भएको थियो। त्यसमा २० रुपैयाँको बढोत्तरीले आइतबार तोलाको १४ सय २० भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्यमा क्रमिक गिरावट छ। अघिल्लो दिनका तुलनामा घटेर बुधबार सुन प्रति औंस २०२१.६२ डलरले कारोबार भइरहेको छ। गत सोमबार प्रति औंस २०५५.११ डलरले कारोबार भएकोमा मंगलबार घटेर २०४७.९४ डलर थियो। यसअघि गत आइतबार २०४८.९९ डलर थियो।

चाँदी प्रति औंस २२.७८ डलरले कारोबार भइरहेको छ। सोमबार २३.२४ डलर थियो, जसमा घट्दै मंगलबार २३.०७ डलरले कारोबार भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version