काठमाडौँ: आज पनि देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विगत केही दिनदेखि देशका पहाडी क्षेत्रका कतिपय ठाउँमा हल्का वर्षा भइरहेको छ।

यतिबेला देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) तराई मधेशका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।

हुस्सु र कुहिरोको कारण आज तराई मधेशको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुनसक्ने असरबाट जोगिन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version