काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारले जनाएको छ ।

उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version