काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।

मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले मेयर शाह मतदानमा सहभागी हुन नभ्याउने बताए।

‘कार्य-व्यस्तताका कारण उहाँ (बालेन्द्र ) मतदानमा जान नभ्याउने हुनुभएको हो’, उनले भने।

यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेन्द्रले मतदान गरेका थिएनन्।

राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज सातै प्रदेशमा मतदान भइरहेको छ। यसअन्तर्गत बागमती प्रदेशका ४ सिटका लागि हेटाैँडामा मतदान भइरहेको छ।

मेयर शाह बागमतीका मतदाता हुन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version