काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आइतरबाट सुरू हुँदैछ।

सोमबारसम्म चल्ने राष्ट्रिय परिषद् बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

परिषद् बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने उनले बताए।

परिषद् बैठक विधान मस्यौदामाथि छलफलमा केन्द्रित हुनेछ।

एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ।

पार्टीले विधानको मस्यौदा तयार पार्न पार्टी उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा समिति पनि बनाएको थियो। महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समितिले तयार पारेको विधान मस्यौदामा सचिवालय सदस्यहरूले आ—आफ्ना धारणा राखेका थिए।

सचिवालय सदस्यहरूले केन्द्रीय कमिटीको आकार घटाउनुपर्ने बताएका थिए। त्यस्तै पार्टीको कार्यकारी कमिटीमा उमेरहदको व्यवस्था गर्नुनपर्ने, युवादेखि वृद्धसम्मलाई प्रतिशत छुट्टयाएर प्रतिनिधित्व गराइनुपर्ने राय राखेका थिए। त्यस्तै केन्द्रीय कमिटी र आयोगका सदस्यहरू भूगोलबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने धारणा पनि सचिवालय सदस्यहरूले राखेका थिए।

एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरूलाई ११ वटा प्रश्न नै बनाएर विधानमाथि सुझाव माग गरेका थियो।

प्रश्नावलीमा उमेरहद राख्नुपर्ने/नपर्ने, महाधिवेशनमा केन्द्री कमिटी र केन्द्रीय आयोग सदस्यहरू स्वतः प्रतिनिधि हुने कि, निर्वाचित भएर आउनुपर्ने? केन्द्रीय कमिटीको आकार कस्तो हुने? आदि प्रश्नमा सुझाव मागेको थियो।

एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ। त्यसैका लागि विधानमाथि छलफल गराइरहेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version