काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम बदली हुने अनुमान गरेको छ।

ती प्रदेश (कोशी, बागमती, गण्डकी र कर्णाली) का उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लाग्ने छ। यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरसँगै चिसोबाट समेत बच्नको लागि आवश्यक उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको कारण देशको पहाडी भूभागको मौसम आंशिक बदली भएको हो। पहाडी भूभागको मौसम बदली र तराईमा हुस्सु कुहिरो लागेपनि आज कतै वर्षाको सम्भावना भने देखिएको छैन।

आज दिउँसो र राति पनि देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने अनुमान महाशाखाको छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version