काठमाडौँ: ललितपुरको मंगलबजारमा एकजना विदेशी नागरिकको शव फेला परेको छ।
आज (सोमबार) बिहान मंगलबजारनजिकै विदेशी महिला मृत भेटिएकी हुन्। उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएको बताए। उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुग्दैछ, एसपी कार्कीले भने।
उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन्। घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ।
Facebook Comments Box

