काठमाडौं: चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब १ खर्ब ५० अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा १ खर्ब ३६ अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता जनाइएको हो ।

६ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी २११ वटा उद्योग दर्ता भएका छन् । जसमा पुस महिनामा मात्रै ३२ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।

विभागकाअनुसार सो अवधिमा २८ वटा ठूला उद्योग दर्ता गरेका छन् । विभागले यो वर्षको पुस मसान्तसम्ममा ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो ।

सरकारले उक्त अवधिमा ८५ वटा उद्योग दर्ता गर्ने लक्ष्य लिएकोमा १६ वटा मात्रै उद्योग दर्ता भएको पाइएको छ । साथै, पुससम्ममा १६७ वटा साना उद्योग दर्ता गरेका छन् । विभागले २ सय वटादर्ता गर्ने लक्ष्य लिएको थियो ।

दर्ता भएका उद्योगले १३ हजार ६७० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विभागको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा २२६ वटा उद्योगमा विदेशी लगानीकर्ताले २२ अर्ब ३३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । दर्ता भएको उद्योगले १२ हजार १६७ जनाले रोजगारी सिर्जना गर्ने विभागले उल्लेख गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version