काठमाडौँ: सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न गत मंसिर २१ गते गठन गरेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।

मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो।

करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको समितिका संयोजक एवम् पूर्व महालेखापरीक्षक टंकमणि शर्माले बताए।

शर्मा संयोजक रहेको समितिका सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए।

सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीमा चलखेल गरिएको भन्दै असन्तुष्टि जनाएको सरकारले समिति बनाएको थियो।

मलेसियाली कम्पनी आजियटाले आफ्नो सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको नाममा रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेका थिए। यसलाई लिएर प्रमुख प्रतिपक्षीसहितका दलहरूले आलोचना गरेपछि छानबिन समिति बनेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version