काठमाडौँ: प्रधान सेनापाती प्रभुराम शर्माको निमन्त्रणामा बेलयती सेना प्रमुख जनरल प्याट्रिक स्यानडर्स नेपाल भ्रमणमा मंगलबार आइपुगेका छन् ।

त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्षमा विशेष स्वागत पश्चात उनले अहिले आफ्ना समकक्षी शर्मासँग जंगी अड्डामा भेट वार्ता गरेका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक तथा सहायक रथी कृष्ण भण्डारीका अनुसार प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको छ।

शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यही माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा आउनु भएका बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गर्नुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version