काठमाडौँ:
व्यापारी अरुण चौधरीलाई पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गरेको आरोप व्यवसायीहरूले लगाएका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारको यो शैलीले व्यवसायमा गम्भीर असर पार्ने बताएका छन्।

‘अरुण चौधरी देशकै लब्धप्रतिष्ठित उद्योगी हुन्। उनी देश छाडेर जान लागेका थिएनन्,’ उनले भने, ‘निजी क्षेत्रलाई नै त्रसित बनाउने काम सरकारले गरेको छ। निजी क्षेत्रलाई सरकारले मानमर्दन गर्ने काम गर्‍यो।’

अग्रवालले देशको पुँजीका लागि निजी क्षेत्रको ७७ प्रतिशत योगदान रहेको बताउँदै यो घटनाले गम्भीर सन्देश गएको बताए।

‘सरकारले पछिल्लो समय निजी क्षेत्रलाई पनि नीति निर्माणमा सहभागी गराउनु राम्रो छ’, उनले भने, ‘तर सरकाले निजीक्षेत्रको उपदेयता नरहेको भन्ने म्यासेज दिएको छ। सरकारले निजी क्षेत्रमा धरपकडको डन्डा हान्ने हो भने विदेशी त के स्वदेशी लगानीकर्ता पनि बिच्किन्छन्।’

उनले शंकाकै भरमा पक्राउ गर्नु कनै पनि दृष्टिमा न्यायसंगत नदेखिने पनि बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version