काठमाडौँ: आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

नेपालले आजको खेलमा तिन खेलाडी परिवर्तन गरेको छ।

सेमिफाइनल चरणबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपाल आजको खेलमा भारतसँग खेल्दै विश्वकप यात्रा अन्त्य गर्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version