कास्की । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार मजदुर, किसान तथा सडक पेटीका मान्छेबाट नभएर सरकार सञ्चालन गरेका नेता तथा कर्मचारी र उद्योगीबाट हुने गरेको बताएका छन् । गण्डकी प्रदेशमा सम्पन्न सुरक्षा गोष्ठीपछि पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले एकातिर सुशासनको माग गर्ने अर्कोतिर राजनीतिक व्यक्ति कारबाहीमा परे भने राजनीतिक पार्टीका नेताहरू कराउने गरेको, नेताहरूलाई कारबाही गर्नुहुँदैन यो त पूर्वाग्रही भयो भन्ने कुराहरू आएको बताएका हुन् ।

‘कोही उद्योगी पक्राउ पर्ने बित्तिकै उद्योगसँग सम्बन्धित संगठनहरु कराउँदै अर्थतन्त्रमा यस्तो योगदान गर्नेलाई कहाँ यस्तो कारबाही गर्न मिल्छ भनिरहेका छन्,’ उनले भने, ‘कर्मचारी परे भने कर्मचारी संगठन र अरू–अरू पनि कराउने गरेका छन् ।’

उनले अगाडि भने, ‘हाम्रो नीति स्पष्ट छ, कोही निर्दोषलाई हामी डाम्न दिन्नौँ तर कोही दोषी छ भने हामी छोड्दैनौँ ।’ दोषी जो कोही भएपनि कानुनका अगाडि सबै समान रहेको उल्लेख गर्दै उनले कानुनअन्तर्गत रहेर दोषीमाथि दृढतापूर्वक कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए ।

दोषीलाई कुनै पनि दबाब कारण नछाड्ने बताउँदै उनले सुशासन कायम गर्न सरकार दृढ रहेको प्रष्ट पारे । उनले भने, ‘यो देशलाई अब यथास्थितिमा रहन दिन्नौँ भन्ने कुरा अब सबैले बुझ्दा हुन्छ । हामी राजनीति सौदाबाजी गर्दैनौँ ।’

गण्डकी प्रदेशमा शान्ति सुरक्षा राम्रो भए पनि सुरक्षाका केही चुनौती रहेको बताउँदै उनले संविधान मान्दिनँ, संविधान उल्लघंन गर्छु, राजतन्त्र स्थापित गर्छु, संविधान फेरेर धार्मिक राज्य बनाउँछु भन्नेहरूबाट चुनौती रहेको बताउँदै उनले मिटरब्याजी तथा सहकारी ठगी पनि एउटा सुरक्षा चुनौती रहेको बताए ।

दुवै (भारत–चीन) ठाउँको नाकालाई व्यवस्थित गर्न संरचनाहरू निर्माण गर्ने, कर्मचारी व्यवस्थापन गर्ने जस्तामा सरकारको ध्यान केन्द्रित हुने उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version