काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटले शनिवार विजेताका रूपमा नेपाल पुलिस क्लबलाई पाएको छ । पुलिसले शनिवार कीर्तिपुरमा सम्पन्न फाइनलमा विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै उपाधि उचालेको हो । पुलिस तेस्रो पल्ट च्याम्पियन भयो ।

उपाधि जित्ने क्रममा पुलिसले आफ्नो अपराजित यात्रालाई प्रतियोगिताभर कायम राख्यो । पुलिसले लिगमा ९ र फाइनल गरी कुल १० खेलको नतिजा आफ्नो पक्षमा पार्‍यो । प्रतियोगिताभर कुल ४६ खेल सम्पन्न भए । यसबिच यस पटक धेरै आशालाग्दा प्रदर्शन भए । हुन त सकारात्मक नतिजा आउँदा खेल मैदानको प्रभाव पनि रह्यो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version