काठमाडौं: राष्ट्रिय धोजा बाहक नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी एअरबस विमान नेपाल भित्र्याएको छ ।

‘अन्नपूर्ण’ नाम दिइएको‘ए ३३०–२००’ सिरिजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

अन्नपूर्णले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने योजना रहेको निगमले जनाएको छ ।

पूजाआजा गरेर विमानको स्वागत गरिएको छ। विमानस्थलमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा नेपाल एयरलाइन्सका अधिकारी उपस्थित भएर विमानको स्वागत गरेका थिए।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

एनएसीले नेपाल सरकारको ग्यारेन्टीमा जहाज खरिदका लागि आवश्यक रकम सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋणमा लिएको हो । काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको जहाजमा २७४ सिट छ । जसमा १८ वटा सांग्रिला क्लास र २५६ वटा साधरण क्लासका सिट छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version