काठमाडौँ:
सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन बुधबार दिउँसो २ बजेसम्मलाई स्थगित भएको छ।

अब यो अधिवेशनमा सहभागी नेता-कार्यकर्ताहरूका २० समूहले बुधबार विधान मस्यौदामाथि छलफल गरेर सुझाव दिनेछन्।

माओवादीको विधान अधिवेशनमा करिब १३ सय नेता-कार्यकर्ता सहभागी छन्।

विधान मस्यौदामाथि छलफलका लागि माओवादीले अधिवेशनमा पार्टीको संगठनात्मक संरचना फेर्ने गरी छलफल गर्दैछ।

माओवादीले विधान मस्यौदामाथि छलफलका लागि विभिन्न २० वटा समूह बनाएको छ। पहिले १३ वटा समूह बनाउँदा संख्या धेरै भएपछि बढाएर २० पुर्‍याइएको हो।

५० जनालाई राखेर २० समूह गठन भएपछि अब तिनले मस्यौदामाथि सुझाव दिने छन्।

तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट पनि सुझाव ल्याएको छ।

विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान भद्दा भएको भन्दै परिमार्जन गरी चुस्त बनाइने बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version